मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

लालझाँडीमा एमालेको अग्रता, वडा ५ मा प्यानलसहित बिजयी 


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 928
    Shares

  • images
    images
    लालझाँडीमा एमालेको अग्रता, वडा ५ मा प्यानलसहित बिजयी 

    महेन्द्रनगर । कञ्चनपुरको लालझाँडी गाउँपालिकामा वडा नम्बर ५ र ६ को अन्तिम मतपरिणाम सावर्जनिक भएको छ । वडा नम्बर ५ मा नेकपा एमाले प्यान सहित विजयी भएको हो । वडा अध्यक्षमा नेकपा एमालेका पहल बहादुर थापा बियजी भएका छन् । यस्तै वडा नम्बर ६ मा नेपाली कांग्रेस प्यानल सहित निर्वाचित भएको छ । वडा ६ को अध्यक्षमा कांग्रेसबाट हर्कनाराणय जोशी बिजयी भएका हुन् । 

    निर्वाचन अधिकृत चेतराम पन्तका अनुसार लालझाँडी गाउँपालिकामा दुईटै वडा बाट अध्यक्षमा नेकपा एमालेका निर्मल रानाले ८ सय ३०,  कांग्रेसका श्रीकृष्ण रानाले ७ सय ४८, माओवादी केन्द्रका मदनसेन बडायकले ५ सय ९० मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी राधा रानाले ८ सय ९४, एमालेकी सपना चौधरीले ७ सय १४ र नेकपा माओवादी केन्द्रकी सत्य देवी महराले ५ सयस ८० मत ल्याएकी छन् । 

    दुईटै वडाबाट २ हजार ४ सय २१ मत खसेको थियो । जसमा ५५ मत बदर भएको निर्वाचन अधिकृत पन्तले जनाए । 

    उनका अनुसार अहिले वडा नम्बर ४ को मतगणना चलिरहेको छ ।

     

     


    प्रतिक्रिया दिनुहोस