मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका २१ वडामा मतगणना सकियो, परिणाम आउने क्रममा, कतै पुनः निर्वाचन हुने


पश्चिम प्रेस
आइतबार, जेठ १ २०७९
  • 900
    Shares

  • images
    images
    सुदूरपश्चिमका २१ वडामा मतगणना सकियो, परिणाम आउने क्रममा, कतै पुनः निर्वाचन हुने

    महेन्द्रनगर । ५ वर्ष पछि भएको दोस्रो स्थानीयतहको निर्वाचनको मतगणना कार्य भइरहेको छ । सुदूरपश्चिममा ९ वटै जिल्लाका पालिकामा मतगणना जारी रहेका बेला २१ वडामा मत गणना सकिएको छ । कतै विवाद देखिएपछि पुनः मतदान हुने भएको छ । 
    शनिबार बिहान २ बजेदेखि सुरु भएको मतगणना कार्य सुदूरपश्चिमका २१ वडामा सकिएको निर्वाचन अधिकृतहरुको कार्यालयले जनाएका हुन् । कञ्चनपुरका ३ वडामा, बैतडीका ५ वडामा, डडेल्धुराका ७ वडामा, डोटीका ५ वडामा र अछामका १ वडामा मतगणना कार्य सकिएको छ । 
    लालझाँडी गाउँपालिकामा वडा नम्बर ५ र ६ को अन्तिम मतपरिणाम सावर्जनिक भएको छ । वडा नम्बर ५ मा नेकपा एमाले प्यान सहित विजयी भएको हो । वडा अध्यक्षमा नेकपा एमालेका पहल बहादुर थापा वियजी भएका छन् । यस्तै वडा नम्बर ६ मा नेपाली कांग्रेस प्यानल सहित निर्वाचित भएको छ । वडा ६ को अध्यक्षमा कांग्रेसबाट हर्कनाराणय जोशी विजयी भएका हुन् । 
    निर्वाचन अधिकृत चेतराम पन्तका अनुसार लालझाँडी गाउँपालिकामा दुईटै वडाबाट अध्यक्षमा नेकपा एमालेका निर्मल रानाले ८ सय ३०,  कांग्रेसका श्रीकृष्ण रानाले ७ सय ४८, माओवादी केन्द्रका मदनसेन बडायकले ५ सय ९० मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी राधा रानाले ८ सय ९४, एमालेकी सपना चौधरीले ७ सय १४ र नेकपा माओवादी केन्द्रकी सत्य देवी महराले ५ सयस ८० मत ल्याएकी छन् । दुईटै वडाबाट २ हजार ४ सय २१ मत खसेको थियो । जसमा ५५ मत बदर भएको निर्वाचन अधिकृत पन्तले जनाए ।
    यस्तै बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् ।
    ५ वडा रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा मतगणना सकिएको छ । जहा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएका हुन् । यस्तै वडा नम्बर १ को अध्यक्षमा काँग्रेस विपीका नरेश भण्डारी विजयी भएका छन् । उनले ६७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए । उक्त वडामा काँग्रेस विपीको प्यानल नै विजयी भएको छ । कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । 
    अमरगढी नगरपालिका वडा नम्बर १ मा पनि मतगणना सकिएको छ । जहाँ कांग्रेसका लोकबहादुर ऐर ५ सय २६ मत ल्याएर पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसबाटै वडाध्यक्षमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४ सय ७६ मत पाएका छन् । यस वडामा कूल मतदाता संख्या १ हजार ५ सय ६५ रहेको भएपनि १ हजार १ सय ६५ मत खसेको थियो ।
    यस्तै आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन् ।  देउवाले नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको नकटतम् प्रतिद्वन्दी बोहराले ३७७ मत ल्याए । महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेवी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन् । उनको प्यानलका खुला सदस्य प्रकाश थापा ३४८ र तुलाराम बोहरा ३६७ पराजित भएका छन् । खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भए । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सुरत बोहराले ६५ मत प्राप्त गरे ।
    यस्तै बैतडीका विभिन्न पालिकाका ५ वडामा मतगणना सकिएको छ । जहा तिन वडामा नेकपा एमालेका र २ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।   जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्षमा नेकपा एमालेका विष्णुदत्त भट्ट ८१४ मत सहित विजयी भएका छन् । उनका निटकतम् प्रतिस्र्पधी नेपाली कांग्रेसका भुवनराज भट्टले ७९० मत प्राप्त गरे। उनी नेपाली कांग्रेसका दशरथचन्द नगरसभापति समेत हुन्।   
    सिगास गाउँपालिका वडानम्बर १ मा कांग्रेसका रामचन्द्र ऐरी ३५६ मत ल्याएर वडा अध्यक्षमा भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका गगनसिंह धामीले १९३ मत ल्याए । 
    शिवनाथ गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका बलदेवसिंह चाड विजयी भएका छन् । चाड सात सय मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका देवसिंह साउँदले ४७० मत प्राप्त गरे । यस्तै वडा नम्बर २ मा नेकपा(एमाले)का बिरेन्द्र सिंह साउद प्यानल सहित वडाअध्यक्षमा विजयी भएका छन् । साउदले ७ सय ७४ मत ल्याई जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णसिंह साउदले ७ सय ३२ मत प्राप्त गरे ।
    सुर्नया गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द १५५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याए ।
    डोटी जिल्लाका बिभिन्न गाउँपालिकाका ५ वटा वडाहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार विभिन्न तीनवटा वडामा नेकपा (एमाले) र दुई वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
    मुख्य निर्वाचन कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका ७ मा नेपाली कांग्रेसका उमेदवार लाल बहादुर विष्ट, बडीकेदार गाउँपालिका ३ मा कांग्रेसकै उम्मेदवार राम बहादुर गुरुङ्ग विजयी भएका हुन् । त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–१ मा नेकपा (एमाले) का उमेदवार खेमबहादुर घर्तीमगर, जोरायल गाउँपालिका–१ मा एमालेकै उम्मेदवार जगतबहादुर मल्ल विजयी भएका छन् । वडीकेदार गाउँपालिका–५ मा एमाले उमेदवार पदम सिंह बोहरा विजयी भएका छन् । सबै वडा अध्यक्षहरु प्यानल सहित विजयी भएका हुन् ।
    नौ स्थानीय तह रहेको डोटी जिल्लामा बिभिन्न राजनितिक दल र स्वतन्त्र गरेर प्रमुख पदमा ३६ जना र उपप्रमुख पदमा २९ जना चुनावी मैदानमा छन् । जिल्लाका आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल र पूर्वीचौकी गाउँपालिकामा मतगणना भइरहेको छ ।
    यस्तै अछामको कमलबजार नगरपालिका वडा नम्बर १० मा मतगणना कार्य सकिएको छ । जहा नेपाली काँग्रेसका भीमबहादुर विष्ट वडा अध्यक्षमा विजयी भएका छन् । विष्टले ४६० मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरेका छन् ।
    कतै पुनः मतदान
    मतदान भइरहेका बेला फर्जी मतदातालाई मत हाल्न लगाएको भन्दै कञ्चनपुरको पुर्नवास नगरपालिका–१० मा मतदान स्थगित गरिएको छ । राजनीतिक दलहरु बीच सहमति नजुटेपछि मतदान कार्य प्रभावित भएको हो । जेठ ३  गते पुनः मतदान हुने सहमति भएको निर्वाचन कार्यालयले जनाएको छ । 
    अछामको साँफेबगर नगरपालिकाको दुई मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय ’क’ र ’ख’ मतदान केन्द्रमा पुनः मतदान गरिने निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले जानकारी दिए ।  शुक्रबार भएको मतदानका क्रममा दुवै स्थानका मतदान केन्द्रमा काँग्रेस–समाजवादी गठबन्धन र नेकपा एमालेबीच झडप हुँदा मतदान कार्य रोकिएको थियो ।


    प्रतिक्रिया दिनुहोस