महेन्द्रनगनर । बझाङको मष्टा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर बोहरा विजयी भएका छन्। उनी तीन हजार ८३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले दुई हजार३३७ मत प्राप्त गरे ।
बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए । यस्तै एमालेकी शर्मिला रोकायालाई ४८७ मतान्तरले हराउँदै माओवादी केन्द्रका हर्कराज धामी उपाध्यक्ष निर्वाचित भए। धामीलेले दुई हजार ८१७ मत प्राप्त गरे । रोकायाले दुई हजार ३३० मत पाइन् । सातवडा रहेको मष्टा गाउँपालिकामा गठबन्धनले ६ वटामा जितेको छ भने एक वडामा नेकपा एमालेले विजय हात पारेको छ ।
.gif)