महेन्द्रनगर । ३० वैशाखमा भएको मतदान प्रक्रियामै धाधली भएको आरोप सहित भीमदत्त नगरपालिकामा मतगणना कार्य स्थगित भएपछि पुन: सर्वेदलिय बैठक बसेको छ । आइतबार वडा नम्बर २ को मतगणनाका क्रममा मतपेटिकामै अधिकमत पाइएपछि नेकपा एमाले सहित दलले विरोध जनाउँदै आएका छन् ।
वडा नम्बर २ स्थित सरस्वती माध्यामीक विद्यालयमा भएको मतदानमा गणना गर्दा अधिक मत पाइएको थियो । नेकपा एमालेले भने मतपेटिकाको पहिल्यै सिल टोडीएको, कांग्रेसले धाँधली गरेको आरोप लगाएको छ ।
निर्वाचन जस्तो स्वच्छ प्रतिस्प्रर्धामा कांग्रेसले धाँधली नरोकेको भन्दै एमालेले पुनः मतदानको माग अघी सारेको छ । जिल्ला सचिव पल्लव राज भट्टले प्रेस विज्ञप्ति जारी गर्दे पुनः मतदानको माग गरिएको जनाएका छन् ।
एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २३ मतपत्र भेटिएको भन्दै विवाद सुरु भएको हो । उक्त विषयमा छलफल गर्न दुई पटक सर्वदलिय बैठक बसिसकेको छ । यद्यपी सहमती जुट्न सकेको छैन । निर्वाचन अधिकृत मदन धामीले निर्वाचन आचार संहिता अनुसार पुन मतदान गर्न नमिल्ने जनाए । तर मत काउन्ट गर्नेबेला गणक परिर्वतन गरिदा केही यता उता परेको उनले बताए । नेपाली कांग्रेसले उक्त विषय सामान्य भएको जनाउदै आएको छ । तर अन्य दलहरुले भने पुनः मतदान गरिनुपर्ने अडान लिएका छन् ।
.gif)