महेन्द्रनगर । डडेल्धुरामा पनि मतगणना कार्य सकिएको छ । जहा ५ पालिकामा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रमुखमा निर्वाचित भएका छन् । अजयमेरु गाउँपालिकामा पुनः उमेश प्रशाद भट्ट दोहेरिएका छन् ।
भट्ट २०७४ को निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र)का भट्ट यसपटकको निर्वाचनमा २,४६९ मत ल्याए भने प्रतिद्वन्द्वी एमालेका पदम पालले २,२९७ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएकी छिन् । पालले २,५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कलावती भाणले २,३०९ मत पाएकी छिन् । भागेश्वर गाउँपालिका, अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भागेश्वरमा हेमराज चटौत २ हजार ३ सय ११ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रसेकी पुष्पा ठकुराठी निर्वाचित भएकी छिन् । उनले २ हजार ३ हजार ४८ मत प्राप्त गरिन भने उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८ हजार ३२ मत मात्र पाइन्। भागेश्वरका पाँच वडामध्ये चार वडामा काँग्रेसका उम्मेदवार र एक वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा डिल्लीराज जोशी ३६१९ मत सहित विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी हरि भट्टले ३४२६ मत प्राप्त गरे । उपप्रमुखमा पनि नेपाली काँग्रेसकै पार्वती झुकाल विजयी भएकी छिन् । गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएका छन् । कार्कीले ३ हजार १ सय ८४ मतले विजय भएका छन् । उनका निकट प्रतिद्वन्द्वी बिपी कांग्रेसका सुरेन्द्र मालीले १ हजार ६ सय ५ मत ल्याए । उपाध्यक्षमा देउवाले ३ हजार १३ मत ल्याएर विजय भइन् । उनका प्रतिद्वन्दी एमालेका इन्द्र महरले १ हजार ७ सय ३ मत ल्याए ।
.gif)