महेन्द्रनगर । नौं पालिका रहेको दार्चुलामा नेपाली कांग्रेस भने यसपटक क्लिन स्वीप भएको छ । जहा ५ पालिकामा नेकपा एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका छन् भने ४ मा माओवादी केन्द्र विजयी भएको छ । अपिहिमाल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का भगतसिंह ठेकरे (बोहरा) अध्यक्षमा र कांग्रेसकी देवकी बोहरा निर्वाचित भएका छन्। नौगाड गाउँपालिकामा माओवादीका दलजित धामी अध्यक्षमा उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना विजयी भएका छन् ।
महाकाली नगरपालिकाको मेयरमा एमालेबाट नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्री विजयी भएका छन् । मार्मा गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जमनसिंह धामी अध्यक्षमा र उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी शर्मिला सिंह निर्वाचित भएकी छन्। शैल्यशिखर नगरपालिकाको मेयरमा नेकपा एमाले बाट विजयसिंह धामी र उपमेयरमा शान्ति खडायत विजयी भएकी छिन् ।
दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरेन्द्रबहादुर वडाल २८८६ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षमा काँग्रेसकी शान्ति बम २८४३ मतसहित विजयी भएकी छन् । मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी ४०३४ मत सहित विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्। लेकम गाउँपालिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामदत्त जोशी र गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका माधवी जोशी विजयी भएकी छन् ।यस्तै व्यास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मंगलसिह धामी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विनोद सिंह कुँवर विजयी भएका छन् ।
.gif)