आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

धनगढीमा हमाल दोब्बर बढीमतले अगाडी


पश्चिम प्रेस
बुधबार, जेठ ४ २०७९
  • 772
    Shares

  • images
    images
    धनगढीमा हमाल  दोब्बर बढीमतले अगाडी

    महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमाल दोब्बर बढी मतले अगाडी छन् । हमालले १२ हजार ३०४ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन्।

    हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन्। उपमहानगरपालिकामा अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।


    प्रतिक्रिया दिनुहोस