महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मतगणना जारी छ । पछिल्लो जानकारी अनुसार वडा नम्बर ५, ६, ९, १०, १६ र १८ को मतगणना भइरहेको छ । जहा वडा नम्बर १८ मा नेकपा एमाले ६ सय २६, नेपाली कांग्रेस ५७५ र नेकपा माओवादी केन्द्रले ४९६ मत प्राप्त गरेको छ ।
यस्तै ६ वटा वडाको मतगणना चलिरहेका बेला मेयरमा नेपाली कांग्रेसका पदम बोगटीले ५ हजार ७ सय १८, राप्रपाका गजेन्द्रबहादुर चन्दले २९१९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका महेश प्रसाद पन्तले २५४५ मत पाएका छन् ।
उपमेयर तर्फ पनी नेपाली कांग्रेसका अगाडी देखिएको छ । नेपाली कांग्रेसका निलम लेखकले ४ हजार १ सय ८७, माओवादी केन्द्रका कृष्णदत्त जोशीले ४ हजार २९ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवारले ४ हजार १८ र राप्रपाका उम्मेदवारले १ हजार ८ सय ६७ मत ल्याएको छ ।
.gif)