आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कृष्णपुरमा कांग्रेस अगाडी


पश्चिम प्रेस
बिहीबार , जेठ ५ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कृष्णपुरमा कांग्रेस अगाडी

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ को मतगणना कार्य सकिएको छ । अहिले वडा नम्बर ४ र ७ कोमतगणना चलिरहेको निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिए ।

    जसमा पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार हेमराज ओझा ४ हजार ८ सय मतसहित अगाडी छन् । एमालेका लोकेन्द्र प्रशाद मल्लले ४ हजार १ सय ९४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ३ हजार ७ सय १५ मत पाएका छन् । 

    यस्तै उपप्रमुख तर्फपनि नेपाली कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६ सय १६ मत ल्याउदा एमालेकी रमिता कुमारी रानाले ४ हजार ३ सय ३२ मत ल्याएकी छन् । यस्तै नेकपा माओवादी केन्द्रकी गिता मल्लले ३ हजार ३ सय ५९ मत ल्याएकी छन् । 


    प्रतिक्रिया दिनुहोस