महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्माले १ हजार ३ सय ३९ मतले अग्रता लिएका छन् । उनले ३१५७ मत पाएका छन् । उनलाई एकीकृत समाजवादीका जीवनराज थापाले १८०८ मत ल्याउँदै पछ्याइरहेका छन्। त्यस्तै, नेकपा एमालेका पदमबहादुर पूजाराले १८०१ मत ल्याएका छन्।
उपप्रमुखमा पनि काँग्रेसकै भुलीया राना अगाडि छिन्। उनले २५४३ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रका धोखे राना २३५९ मतसहित उनलाई पछ्याइरहेका छन् भने एमालेकी सुशीला खत्रीले १९९० मत पाएकी छिन्। पुनर्वासमा जम्मा ११ वडा रहेका छन्। अहिलेसम्म १, २, ३ र १० गरी चार ओटा वडाको मत गणना सकिएको छ। अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ।
.gif)