महेन्द्रनगर । वैशाख ३० मा भएको स्थानियतहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका छन् । शुक्रवार महेन्द्रनगर स्थित जिल्ला समन्वय समितीको भवनमा मुख्य निर्वाचन अधिकृत एवंम् न्यायधीस मदन बहादुर धामीले पाँच पालिका प्रमुखलाई एकैसाथ सपथ ग्रहण गराएका हुन् ।
दोधारा चादनी नगरपालिकाका मेयर किशोर लिम्बु, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरी, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना र लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सपथ ग्रहण गरे ।
शुक्रबार देखि ०७४ मा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिएको छ । सोहि अवसरमा मत गणना सम्पन्न भएका पालिकाका निर्वाचित प्रमुखको सपथ ग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
.gif)