बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

डोटीको गेरुपानीमा बसदुर्घटना : तिन जना गम्भिर घाइते, एक बालक अझै बेपत्ता


पश्चिम प्रेस
शनिबार, जेठ ७ २०७९
  • 853
    Shares

  • images
    images
    डोटीको गेरुपानीमा बसदुर्घटना :  तिन जना गम्भिर घाइते, एक बालक अझै बेपत्ता

    महेन्द्रनगर । धनगढीबाट अछामका लागी हिनेको ना ५ ख ९६६३ नम्बरको बस डोटीमा दुर्घटना हुँदा १९ घाइते भएका छन् । शनिवार विहान ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेको बस शिखर नगरपालिका–१ गेरुपानी सेती नदिको किनारामा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो । 

    बस दुर्घटना हुँदा बसमा सवार २३ जनामध्ये १९ जना सामान्य घाइते र ३ जना गम्भिर अवस्थामा रहेको ट्राफिक प्रहरी निरिक्षक रण बहादुर बिष्टले बताए । गम्भिर घाइते हुनेमा बाजुराका १६ वर्षीय बालक विकास शाही, बस साहु डबल शाह र सहचालक रोहीत भण्डारी रहेका छन् । उनिहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
    यस्तै अन्य सामान्य घाइते भएकाको पहाडी जिल्लाका जिल्ला अस्पतालहरुमा भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए । बस चालकको भने परिचय खुल्न नसकेको उनले बताए । उनि फरार रहेकाले खोजिकार्य भइरहेको प्रहरीले  जनाएको छ । 

    यस्तै दुर्घटनामा परि अछाम कमलबजारका १८ महिले बालक सुजन शाही अझै बेपत्ता रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी टोली र नेपाली सेनाको टोली खटिएको छ । 

    ट्राफिक प्रहरीका अनुसार चालक निदाएकाले बस दुर्घटनामा परेको हुन सक्ने आंसका गरिएको छ । यद्यपि थप अनुशन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जनाए ।


    प्रतिक्रिया दिनुहोस