आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

पुर्नवासमा कांग्रेसको अग्रता, वडा ६ मा एमालेका लामा विजयी


पश्चिम प्रेस
शनिबार, जेठ ७ २०७९
  • 672
    Shares

  • images
    images
    पुर्नवासमा कांग्रेसको अग्रता, वडा ६ मा एमालेका लामा विजयी

    महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तोयप्रसाद शर्माले ५ हजार ४ सय ७४ मतसहित अग्रता लिएका छन् ।

    उनलाई नेकपा एमालेका पदम बहादुर पुजाराले ३ हजार ६ सय २४ मत ल्याएर पछ्याई रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका जिवन राज थापाले २ हजार ५ सय ६३ मत पाएका छन् । 

    उपमेयरतर्फ पनि नेपाली कांग्रसकी भुलिया कुमारी राना ३ हजार ५ सय ८६ मत सहित अग्र स्थानमा छन् । उनलाई नेकपा माओवादी केन्द्रका धोके रानाले ३ हजार ३ सय ५७ मतसहित पछ्याईरहेका छन् । यस्तै नेकपा एमालेकी सुसिला खत्रीले ३ हजार ९५ मत ल्याएकी छन्  ।

    पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर ६ को पनि मतगणना कार्य सकिएको छ । वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका मित्रसिह लामा प्यानलसहित विजयी भएका छन् । उनी ९ सय ६२ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका सुकमाया भुक्तानले ४ सय ११ मत ल्याए ।  


    प्रतिक्रिया दिनुहोस