आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कृष्णपुरमा कांग्रेस विजयी, मेयर बने ओझा


पश्चिम प्रेस
आइतबार, जेठ ८ २०७९
  • 754
    Shares

  • images
    images
    कृष्णपुरमा कांग्रेस विजयी, मेयर बने ओझा

    महेन्द्रनगर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा हेमराज ओझा १० हजार ४३४ मत सहित विजयी भएका हुन भने उपमेयरमा द्रोपती राना विजयी भएकी छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसारओझाका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत ल्याए भने नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्तले ६ हजार ६७४ र नेकपा एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलमे ६७५ मत मात्रै ल्याउन सके । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसंग पराजित भएका थिए ।

    यस्तै उपमेयरमा रानाले ९ हजार ६७५ मत ल्याइन् । रानाकी निकटतम् प्रतिस्पर्धी एमालेकी निवर्तमान उपमेयर रमिता रानाले ७ हजार ३१६ मत ल्याइन् । उपमेयरमा माओवादीकी गीता मल्लले ६ हजार ८५१ मत प्राप्त गरिन् ।


    प्रतिक्रिया दिनुहोस