महेन्द्रतगर । भीमदत्तनगरपालिकामा मतगणना जारी रहदा मेयरमा नेपाली कांग्रेसका पदम बोगटी झण्डै दोब्बरमतले अगाडी छन् । पछिल्लो मतपरिणाम अनुसार बोगटीले १५ हजार २ सय ५५ मत पाएका छन् । बोगटीलाई नेकपा एमालेका महेश प्रसाद पन्तले पछ्याईरहेका छन् । पन्तले ७ हजार ८ सय ७३ मत ल्याएका छन् । प्राप्त मतपरिणाम अनुसार कांग्रेस र एमालेबिच सात हजार ३ सयको मतान्तर छ ।
एमालेका पन्तलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र बहादुर चन्दले पछ्याइरहेका छन् । चन्दले ६ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले ३ हजार ३ सय ६२ मत ल्याएका छन् ।
यस्तै उपप्रमुख तर्फ नेपाली कांग्रेसकी निलम लेखकले ११ हजार ७ सय ६८ मत प्राप्त गरेकी छन् । उनलाई नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार २ सय ३६ मत ल्याएर पछ्याई रहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ७ हजार ७ सय २८ मत ल्याएका छन् ।
वडा २ मा रुख अगाडी
भीमदत्त नगरपालिका वडा नम्बर २ मा रुख चिन्ह्का उम्मेदवार अगाडी छन् । रुख चिन्ह्का उम्मेदवारले १ हजार २७ मत ल्याउँदा सुर्य चिन्ह्का उम्मेदवारले ४ सय ६२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
.gif)