आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

भीमदत्तको मेयरमा कांग्रेसका बोगटी भारी मतान्तरले विजयी


पश्चिम प्रेस
सोमबार, जेठ ९ २०७९
  • 900
    Shares

  • images
    images
    भीमदत्तको मेयरमा कांग्रेसका बोगटी भारी मतान्तरले विजयी

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेयरमा नेपाली कांग्रेसका पदम बोगटी भारी मतान्तरले विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार बोगटी र नेकपा एमालेका महेश पन्तबिच ७ हजार ७ सय ३ को मतान्तर छ । मेयरमा बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरि विजय हुँदा नेकपा एमालेका पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे ।

    यस्तै उपप्रमुख तर्फपनि नेपाली कांग्रेसकी निलम लेखक विजयी भएकी छन् । उनले १२ हजार २ सय १६ मत ल्याइन भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय १० मत ल्याए । यस्तै नेकपा एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत प्राप्त गरिन् । उपमेयरका प्रतिपर्धी राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७ सय ७२ मत ल्याइन् । 


    प्रतिक्रिया दिनुहोस