बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागुऔषध (ब्राउन सुगर)सहित चार जना पक्राउ


पश्चिम प्रेस
बुधबार, जेठ ११ २०७९
  • 957
    Shares

  • images
    images
    कञ्चनपुरमा लागुऔषध (ब्राउन सुगर)सहित चार जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका–८ का २३ वर्षिय दिनेश चौधरी, रामदास चौधरी, शुक्लाफाँटा नगरपालिका–२ झलारीका २५ वर्षीय सञ्जु सार्की र २५ वर्षीय प्रवेश धामी रहेका छन् । 

    मंगलबार साँझ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले चौधरीलाई शंका लागी चेकजाँच गर्दा साईकलको सिट कभरमुनि लुकाई छिपाई गरी राखेको १०.७२ ग्राम लागु औषध (खैरो हेरोईन)  बरामत गरेको हो । सोही कार्यमा संलग्न सार्की र धामीले चलाएको सु.प.प्र.०२-००३ प ३९९३ नम्बरको मोटरसाईकलसहित उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस