बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

भरुवा बन्दुक सहित २ जना पक्राउ


पश्चिम प्रेस
बुधबार, जेठ १८ २०७९
  • 598
    Shares

  • images
    images
    भरुवा बन्दुक सहित २ जना पक्राउ

    बैतडी । डिलासैनी गाउँपालिका–४ नुवाकोटबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् ।

    प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुक सहित पक्राउ गरेको हो । वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस