महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा यसवर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ । धान खेती लगाउने समय सुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन सकेका छैनन् । अहिले प्रदेशमा धान खेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मल नहुदाँ कञ्चनपुर–कैलालीका किसान सिमावती भारतिय बजारमा जान बाध्य छन् ।
कैलारी गाउँपालिका खप्तड किसान सहकारीका सञ्चालक बालकृष्ण चौधरीले मल अभाब रहेको बताउँदै किसानलाई मल उपलब्ध गराउन समस्या रहेको बताएका छन् । धान खेतीका लागि सुदूरपश्चिममा आएको २ हजार १६९ मेट्रिक टन डीएपी मल भैरहवामै रहेको छ । जस मध्ये कैलाली जिल्लाका लागि १ हजार ३०० मेट्रिक टन मात्रै कोटा निर्धारण गरिएको छ ।
त्यस्तै कंञ्चपुरमा ६ सय डोटीमा ८० र अन्य ६ जिल्लाका लागी १ सय १० मेट्रिक टन मात्रै कोटा निर्धारण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए ।
सरकारले सुदूरपश्चिममा २१ सय ६९ मेट्रिक टन डीएपी मल वितरण गर्ने तयारी गरेपनि प्रदेशमा मलको माग करीब ६० हजार मेट्रिक टन रहेको छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख बोगटीले भने, अहिले २ सहकारी मल ल्याउनका लागी भैरहवा पुगेको बताए । अब असारको १० अथवा १२ गतेसम्म युरिया मल आइपुग्ने सम्भावना रहेको र देशभरी नै डिएपी मल नभएको जानकारी दिए ।
.gif)