बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा समन्वय समिती गठन, कांग्रेसका सबै उम्मेदवार निर्विरोध चयन 


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 659
    Shares

  • images
    images
    डडेल्धुरामा समन्वय समिती गठन, कांग्रेसका सबै उम्मेदवार निर्विरोध चयन 

    महेन्द्रनगर । जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध चयन भएका हुन् । भण्डारी नेपाली कांग्रेस अमरगढी नगरपालिका नगर कार्यसमिती उपसभापती हुन् ।

    अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएका थिए । जिसस समितिका लागी शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत  हरिप्रशा शर्मा उपाध्यायले जानकारी दिए ।
    जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन भएका छन् ।

    उम्मेदवारहरू निर्विरोध चयन भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो । जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो । सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति काँग्रेसकै नेतृत्वमा गठन भएको हो ।
    गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो । नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो । उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो । एमालेले भने यहाँ शून्य छ ।


    प्रतिक्रिया दिनुहोस