सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

ताक्लाकोट नाका खुलाउन सरकारको ध्यान जान सकेन, बर्सेनि करोडौँ राजश्व चुहावट


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 483
    Shares

  • images
    images
    ताक्लाकोट नाका खुलाउन सरकारको ध्यान जान सकेन,  बर्सेनि करोडौँ राजश्व चुहावट

    बझाङ – चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाका वैधानिक रुपमा खुल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट हुँदै आएको छ ।चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको ताक्लाकोट नाका साइपाल गाउँपालिकासँग जोडिएको छ ।

    बर्सेनि ३ करोडभन्दा धेरैको यार्सागुम्बा लगायत अन्य बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको भए पनि सरकारको कुनै पनि निकाय नभएका कारण राजश्व चुहावट भइरहेको साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । पालिकामा निर्वाचित भएपछि आफूले नाका खोल्न पटकपटक प्रदेश र सङ्घ सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उनको भनाई छ ।

    बझाङबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँच औँलेलगायत जडीबुटी निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको साइपाल गाउँपालिका वडा नम्बर २ का स्थानीय तिलकबहादुर विकले बताए । उताबाट नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ । नाका भएर करोडौं मुल्यबराबरका सामाग्री भित्रिने गरेतापनि सरकारी निकाय नहुँदा राजस्व चुहावट हुँदै आएको हो ।

     


    प्रतिक्रिया दिनुहोस