महेन्द्रनगर । संघीय सरकारले कञ्चनपुर जिल्लाका स्थानीय तहका लागि करिब ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को लागि संघीय सरकारले जिल्लाका नौं वटा स्थानीय तहका लागि ३ अर्ब ९८ करोड ९३ लाख बजेट विनियोजन गरेको हो । वित्तीय समानीकरण अनुदान, सःशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
जसमा चालूतर्फ ३ अर्ब ४९ करोड ७३ लाख र पुँजीगत तर्फ ४९ करोड २० लाख विनियोजन गरिएको हो । जिल्लाका नौं पालिकामध्ये सबैभन्दा बढी भीमदत्त नगरपालिका र सबैभन्दा कम बेलडाँडी गाउँपालिकालाई बजेट छुट्याइएको छ । सरकारले भीमदत्तलाई ७७ करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।
समानीकरणतर्फ २७ करोड ८१ लाख, सःशर्ततर्फ ४७ करोड ५७ लाख , समपूरक अनुदानतर्फ दुई करोड ५० लाख र विशेष अनुदान तर्फ ५० लाख रकम विनियोजन गरेको हो । कृष्णपुर नगरपालिकालाई ४४ करोड ६१ लाख रकम सरकारले छुट्याएको छ । समानीकरणतर्फ १७ करोड ३६ लाख , सःशर्ततर्फ २७ करोड २५ लाख र विशेषतर्फ बजेट पाएको छैन् ।
पुर्नवास नगरपालिकालाई ४६ करोड १८ लाख रकम सरकारले छुट्याएको छ । पुर्नवास नगरपालिकालाई समानिकरण तर्फ १६ करोड ९५ लाख, सर्शततर्फ २७ करोड १३ लाख, विशेष अनुदान तर्फ १ करोड ३० लाख र समपूरक अनुदान तर्फ ८० लाख रकम विनियोजन गरेको हो ।
बेदकोट नगरपालिकालाइ ४७ करोड ९० लाख रकम सरकारले छुट्याएको छ । समानिकरण तर्फ १६ करोड ४४ लाख, सर्शततर्फ २८ करोड ५६ लाख, विशेष अनुदान तर्फ १ करोड ४० लाख र समपुरक तर्फ एक करोड ५० लाख विनियोजन गरेको हो ।
बेलौरी नगरपालिलाई ४८ करोड ६२ लाख रकम सरकारले छुट्याएको छ । समानिकरण तर्फ १७ करोड ७ हजार, सर्शत अनुदान तर्फ २६ करोड ६५ लाख, विशेष अनुदान तर्फ २ करोड ५० लाख र समपुरक तर्फ २ करोड ४० लाख बजेट पाएको छ ।
दोधारा चाँनदी नगरपालिकालाई ३४ करोड ८४ लाख रकम सरकारले छुट्याएको छ । समानिकरण तर्फ १४ करोड १२ लाख, सर्शत अनुदान तर्फ १८ करोड ७२ लाख, विशेष अनुदान तर्फ शुन्य र समपुरक अनुदान तर्फ २ करोड विनियोजन गरेको हो ।
शुक्लाफाँटा नगरपालिकालाई ४० करोड ३२ लाख रकम सरकारले छुट्याएको छ । समानिकरण तर्फ १५ करोड ९१ लाख, सर्शत अनुदान तर्फ २३ करोड ३० लाख, विशेष अनुदान तर्फ शुन्य र समपुरक तर्फ १ करोड ११ लाख विनियोजन गरेको छ ।
लालझाँडी गाउँपालिकालाई ३० करोड ४७ लाख रकम सरकारले छुट्याएको छ । समानिकरण तर्फ १० करोड ५७ लाख , सर्शत अनुदान तर्फ १४ करोड ९० लाख , विशेष अनुदान तर्फ २ करोड ९० लाख र समपुरक अनुदान तर्फ २ करोड १० लाख सरकारले छुट्याएको छ ।
र बेलडाँडी गाउँपालिकालाई २८ करोड १ लाख रकम सरकारले छुट्याएको छ । गाउँपालिकालाई समानिकरण तर्फ १० करोड ६१ लाख, सर्शत अनुदान तर्फ १३ करोड ५६ लाख, विशेष अनुदान तर्फ २४ लाख र समपुरक अनुदान तर्फ ३ करोड ६० लाख बजेट पाएको हो ।
.gif)