सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

जातीय छुवाछुत गम्भीर अपराध हो : राज्यमन्त्री रैका


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 540
    Shares

  • images
    images
    जातीय छुवाछुत गम्भीर अपराध हो : राज्यमन्त्री रैका

    कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ औँ वर्ष पूरा भएको अवसरमा राज्यमन्त्री रैकाले हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको थियो । 

    नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसंगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक रुपमा घोषणा भएका छन् । राज्यमन्त्री रैकाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न र समातामूलक समाज निर्माणको सार्थक प्रयासमा आफू र सुदूरपश्चिम प्रदेश सरकार लागि परेको उल्लेख गरेका छन् । 

    जातीय विभेद छुवाछुत, विकृति र विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन् । २१ औँ शताब्दीको समाजमा पनि विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको उनले बताए । जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि तीनै तहका सरकारले कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राज्यमन्त्री रैकाले जोड दिए । 
     


    प्रतिक्रिया दिनुहोस