सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

मन्त्र अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 464
    Shares

  • images
    images
    मन्त्र अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

    महेन्द्रनगर । महेन्द्रनगर स्थित मन्त्र अस्पताले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिवार डडेल्धुराको पर्शुराम नगरपालिका–७ स्थित सहरी स्वास्थ्य केन्द्रमा करिब १ सय ५० जनाको निशुल्क स्वास्थ्य जाँच सहित औषधी वितरण गरिएको डा. गोबिन्द रोकायाले जानकारी दिए । 

    रोकायाका अनुसार स्वास्थ्य सिविर बाट ३० जनाले निशुल्क प्रयोगशालाको लाभ लिएका छन् । निशुल्क स्वास्थ्य शिविरमा छाला, पेट, सुगर, तल्लोपेट, बच्चा सम्बन्धीका विरामीहरुको चेकजाँच र परिक्षण गरि औषधी उपलब्ध गराइएको डा. रोकायाले बताए । मलास दुर्गम क्षेत्र रहेको र आफुहरुको टोली उक्तक्षेत्रमा पहिलो पटक पुगेको उनले जनाए ।

    स्वास्थ्य सिविरमा गम्भिर प्रकृतीका विरामीहरुलाई सुझाव सल्ला समेत दिएको उनले जनाए । निशुल्क परिक्षण तथा चेकजाँचमा डा. मनिस पाण्डे, डा. रोकाया र फिजिसियन डा.सगुन बिष्टले परिक्षण तथा चेकजाच गरेका थिए । शिविर शनिवार साझँ ५ :३० बजेसम्म सञ्चालन गरिएको जनाइएको छ । 


    प्रतिक्रिया दिनुहोस