महेन्द्रनगर । आज २०७ औं विश्व वातावरण दिवस । “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराका साथ महेन्द्रनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा महेन्द्रनगर सनराइज पब्लिक स्कूलले २०७ औं विश्व वातावरण दिवसको अवसरमा महेन्द्रनगर बजारमा र्याली निकाल्दै दिवस मनाएको छ । र्यालीमा सहभागी बालबालिकाहरुले प्लेकार्ड बोकेर “रुख बचाउनुहोस, पृथ्वी बचाउनुहोस, सास फेर्न मन पर्छ, पानी बचाउनुहोस, हरियो सोच्नुहोस्” लेखिएका प्लेकार्ड बोक्दै वातावरणको रक्षा गरिनुपर्ने बताएका छन् ।




विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।
.gif)