मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

पढाई संगसंगै तरकारी खेतीमा जमेका प्रविन


बुधबार, कात्तिक १७ २०७८
  • 998
    Shares

  • images
    images
    पढाई संगसंगै तरकारी खेतीमा जमेका प्रविन

    महेन्द्रनगर । ‘गरे के हुँदैन’ भन्ने आहान कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयाका उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन । 
    प्रविन डगौरा बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन । उनी कञ्चनपुरको भीमदत्तनगरपालिका स्थीत जनज्योती क्याम्पसमा पढ्छन । बिहान क्याम्पस र बाकि समय उनी कृर्षिमा लाग्छन । 
    उनले कृर्षि संगसंगै पढाईलाई पनि निरन्तरता दिएका छन । उनले करिब ५ कठ्ठामा तरकारी खेती गरेका छन । तरकारी खेतीबाटै उनले आफ्नो पढाई खर्च र घरपरिवारको खर्च चलाएका छन । “बिहानको समयमा क्याम्पस जान्छु बाकि समय कृर्षिमा हुन्छु ।” उनले भने–“रोजगारीका लागि अन्त जानुभन्दा स्वदेशमै मेहनत गरे कमाई राम्रो छ ।” उनले घरपरिवार संग बसेर कमाई गर्नुको छुट्टै आनन्द रहेको बताए । 
    “करिब ४ वर्ष भयो तरकारी खेती गर्न लागेको कमाई राम्रै छ ।” उनले भने–“घरको अन्य काम पनि हुन्छ तरकारी खेतीबाट कमाई पनि राम्रो छ संगै पढाई पनि चलेको छ ।” उनले मेहनत गरे आफ्नै बारीमा सुन फलाउन सकिने बताए । उत्पादन गर्न सके बजारका लागि पनि कुनै समस्या नरहेको उनको भनाई छ । 
    तरकारी किन्नका लागि बारीमै पुग्ने गरेको उनले बताए । “बिक्रिको लागि महेन्द्रनगरको सब्जी मण्डी लग्छौ ।” उनले भने–“तरकारी किन्न धेरै मानिस खेतमै पुग्ने गरेका छन ।” खेतीमा लागेपनि यसले पढाईलाई कुनै प्रभावित नगरेको उनको भनाई छ । उनले एउटा सिजनमा १ देखी दुई लाखसम्म आम्दानी हुने गरेको बताए । 
    त्यसैगरी बेदकोट–१० सिसैयाकै अनिल डगौरा पनि तरकारी खेतीमा व्यस्त छन । समुहबाट रु ३ लाख ऋण लिएर तरकारी खेती सुरु गरेको उनले सुनाए । “मैले समुहबाट ऋण लिएर खेती सुरु गरेको हु ।” उनले भने–“कमाई राम्रै छ सिजनमा ६÷७ लाखको कारोबार हुन्छ ।” उनले सुरुमा ऋण लिएको पैसाले बिउँ,बिजन र मल खरिद गरेको बताए । उनले स्थान्ीय बजारमै तरकारीको राम्रो खपत हुने गरेको बताए ।
    तरकारी खेतीमा लागेका यी मेहनती युवाहरुलाई साना किसान कृर्षि सहकारी संस्थाले समेत सहयोग पुर्याएको पछि उनीहरु उत्साही बनेका छन । सरकारी संस्थाले मलखाद बिउ,बिजन र अन्य प्राविधिक सहयोग गरेपछि खेती गर्न थप सहज भएको उनीहरुको भनाई छ ।




    प्रतिक्रिया दिनुहोस