आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

आगो लगाए महिलाको हत्या गर्ने खडायतलाई दार्चुला प्रहरीले गर्‍यो सार्वजनिक


पश्चिम प्रेस
शुक्रबार, जेठ २७ २०७९
  • 888
    Shares

  • images
    images
    आगो लगाए महिलाको हत्या गर्ने खडायतलाई दार्चुला प्रहरीले गर्‍यो सार्वजनिक

    दार्चुला । बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका- १ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका सोही ठाउँका भोजराज खडायत पक्राउ परेका छन्।

    फरार प्रतिवादी खडायतलाई बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट बिहीबार पक्राउ गरी शुक्रबार (आज) जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकाे हाे। आफ्नाे घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो। भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुंगा हानी घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिप्रका दार्चुलाका प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रतीक विष्टले बताए।

    खडायतलाई पक्राउ गर्न दार्चुला, गोकुलेश्वर र बैतडीबाट सुरक्षा टोली खटिएको थियो। साथै खडायतको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत प्रहरीले बरामद गरेको छ। खडायतउपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए।


    प्रतिक्रिया दिनुहोस