आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा सवारी दुर्घटना भयावह,कारण के ? जिम्मेवार को ?


पश्चिम प्रेस
शुक्रबार, असार १० २०७९
  • 2.3K
    Shares

  • images
    images
    महेन्द्रनगरमा सवारी दुर्घटना भयावह,कारण के ? जिम्मेवार को ?

    महेन्द्रनगर ।  बुधबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका(७ स्थीत सुडामा बसको ठक्करबाट साईकलमा सवार स्थानीय ३० वर्षिया बिमला जोशीको मृत्यु भयो  । उक्त घटना भएको २४ घण्टा नबित्दै पुनः बिहिबार बिहान सोही स्थानमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिदा साईकलमा सवार स्थानीय १५ वर्षिय आयुष भट्ट गम्भीर घाईते भए । 
     दुई साता अघि मात्रै जेठ २८ गते महेन्द्रनगर स्थीत पूर्व पश्चिम राजमार्गमा रोकिराखेको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदा भीमदत्त नगरपालिका(१ का तेजसिंह धामीको घटना स्थलमै मृत्यु भयो । त्यसैगरी बुधबार राती बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको मोटरसाईकल भैसीगाडामा ठोक्किदा पुनर्वास नगरपालिका १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम रानाको मृत्यु भयो अर्का एक जना घाईते भए । 

     गत जेठमा शुक्लाफाँटा नगरपालिका(११ स्थित पूर्वपश्चिम राजमार्गमा वाणीबाट कलुवापुरतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा ठोक्किदा कृष्णपुर नगरपालिका(२ वाणीका ४२ वर्षीय केशवराज पन्तको मृत्यु भयो । त्यसैगरी जेठको पहिलो साता भीमदत्त नगरपालिका(५ बनगाउँमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भीर घाईते भए । गत चैत्रमा भीमदत्त नगरपालिका(५ स्थीत शान्ति निकेतन चोकमा बाटो पार गर्न लागेकी साइकल यात्री मन्जु बुडाललाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।
     पछिल्ला महिनामा कञ्चनपुरमा सकडमा सवारी दुर्घटनाको दर भयावह देखिएको छ । सवारी दुर्घटनामा परि हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन । जिल्ला टूाफिक कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्म जिल्ला भरी ९० वटा सवारी दुर्घटना भएका छन । जसमा सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने ६१ जना गम्भीर घाईते भएका छन । त्यसैगरी ६४ जना सामान्य घाईते भएका छन । जिल्ला टूाफिक कार्यालय कञ्चनपुरका अनुसार सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाईकल छन । जिल्ला टूाफिक कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले पछिल्लो समय सवारी धेरै चाप र सडक साघुरो भएका कारण दुर्घटना बढी रहेको बताए । ‘सडक साघुरो छ सवारी चाप धेरै भयो ।’ उनले भने(‘सडकहरु चौडा बनाउनुपर्छ र आम नागरिकहरु सचेत हुनुपर्छ ।’ उनले सवारी दुर्घटना न्युनिकरणका लागि आमनागरिक सचेत हुनुपर्ने बताए । दुर्घटना न्युनिकरणका लागि सवारी चालकहरुलाई प्रशिक्षण दिने सचेत गराउने कार्यक्रमहरु हामी गरिराखेको उनले बताए ।

     सडक दुर्घटना बढ्नुमा सामाजीक अगुवाहरु भने सवारी चालक र सरकार उत्तिकै दोषी देख्छन । यहाँका  सामाजिक अगुवा मदन चन्दले सडक दुर्घटना हुनुमा सबै उत्तिकै दोषी रहेको बताए । ‘चालकले पनि लार्पबाही गरेको हुन्छ सरकारी पक्षको पनि गल्ती छ ।’ उनले भने(‘सवारी चालकहरुले थाहा पाएर पनि थाहा नपाएजस्तो गरि टूाफिक नियम उलङ्घन गरेका हुन्छन र सरकारी पक्षबाट पनि रोकथामका उपाय अपनाएको देखिदैन ।’ उनले सवारी चालक ,टूाफिक प्रहरी सबैले सचेत भए मात्रै दुर्घटना न्युनिकरण हुने बताए ।
      त्यसैगरी यहाँका स्थानीय यज्ञराज जोशीले पछिल्लो समय मोटरसाईकल बढी दुर्घटना भइरहेको बताउँछन । ‘मोटरसाईकल चालकहरु अन्दाधुन्द चलाउनछन ,न हेल्मेट हुन्छ कार्बाही हुँदैन ।’ उनले भने (‘सरकारको कानुन पनि फितलो भएका कारण दुर्घटना बढिरहेका छन ।’ उनले सवारी दुर्घटनामा मान्छेको मृत्यु भए पैसामा कुरा मिलेर चालकलाई कार्बाही नहुने भएका कारण पनि चालहरुले लार्पबाही गर्ने गरेको बताए ।‘मान्छेको मृत्यु भयो भने ४÷५ लाख पिडितलाई दिन्छन चालक १ महिना भन्दा बढी थुनामा बस्दैन ।’ उनले भने(‘चालकलाई कडा कार्बाही गर्ने कानुन बन्नुपर्छ ।’ सवारी दुर्घटनामा चालक न्युनिकरण गर्नका लागि सबै पक्षले बेलैमा सचेत हुनु आवश्यक छ । 

     


    प्रतिक्रिया दिनुहोस