महेन्द्रनगर । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेए लगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।
.gif)