मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

छाडा पशुचौपायाको व्यवस्थापन गर्न पाटनका व्यवसायीको आग्रह


पश्चिम प्रेस
बिहीबार , असार २३ २०७९
  • 410
    Shares

  • images
    images
    छाडा पशुचौपायाको व्यवस्थापन गर्न पाटनका व्यवसायीको आग्रह

    महेन्द्रनगर । छाडा पशुचौपायाको व्यवस्थापन गर्नको लागि बैतडीको पाटनका व्यवसायीहरुले माग गरेका छन । छाडा पशुचौपायाहरुले पसलको वरिपरि फोहर गरेकोले  गोबर सोहर्नु परीरहेको पसल व्यवसायीहरुको गुनासो छ । छाडा पशुचौपायका कारण बजारमा दुर्गन्ध फैलिएकाले छाडा पशु चौपायाको व्यवस्थापन गर्न आफूहरुले माग गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर भण्डारीले बताउनु भएको छ ।

    व्यापारीहरुले छाडा पशुचौपायाका घाटीमा विभिन्न नारा लेखेका प्लेकार्ड समेत झुण्ड्याएका छन् । समय समयमा छामडाचौपाया व्यवस्थापनका लागी आग्रह गरेतापनि नगरपालिकाले ध्यान नदिएको व्यपारीहरुको गुनासो छ । तर पाटन नगरपालिका ६ का वडा अध्यक्ष्य राजेन्द्रसिंह बिष्टले भने छाडा पशुचौपायाको व्यवस्थापनका लागि नगरपालिकाले पहल गरिरहेको बताउनु भएको छ । 


  • सम्बन्धित विषय:

  • # बैतडी
  • # पाटन
  • प्रतिक्रिया दिनुहोस