बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

नगरका छाडा चौपायाको उद्धार


पश्चिम प्रेस
शनिबार, साउन ७ २०७९
  • 460
    Shares

  • images
    images
    नगरका छाडा चौपायाको उद्धार

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजीसिंह खड्काले नगर क्षेत्रमा छाडा छोडिएका चौपाया (गाई) को उद्धार गरी गौशाला पठाउनुभएको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोग र गोलेदेउला भवानी गौशाला समिति सायल गाउँपालिका–६ दल्लेखको सहकार्यमा आज दिपायल, पिपल्ला, एअरपोर्ट, राजपुर, सुनगाढा क्षेत्रमा छाडा छोडिएका गाईको उद्धार गरी गौशाला लगिएको छ । यहाँका बजार तथा अन्य आसपासका क्षेत्रमा छाडा छोडिएका ५८ वटा गाईलाई जम्मा गरी रेखदेख, पालनपोषण तथा स्याहारसुसारका लागि गोलेदेउला भवानी गौशाला समितिलाई जिम्मा दिइएको नगरप्रमुख खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “दूध दिउन्जेलसम्म गाई घरमा राख्ने, दूध दिन छोडेपछि बजारमा छोड्ने यो प्रवृत्ति राम्रो भएन । अहिले हामीले छाडा छोडिएका गाईपालन पोषणका लागि गौशालामा पठाएका छौँ, अब छाडा रुपमा गाई छोड्नेलाई कारबाही गर्छौँ ।”

     यसैगरी नगर क्षेत्रका जुनसुकै ठाउँमा छाडा रूपमा छोडिएका गाई नगरपालिका तथा वडासँग सहकार्य गरी गोलेदेउला भवानी गौशाला समितिमा पु¥याउने वातावरण गरी दिन नगरपालिकाले आम नगरवासीमा आग्रहसमेत गरेको छ । दिपायल क्षेत्रमा लामो समयदेखि छाडा छोडिएका चौपायाले यहाँका किसानले लगाएका बालीनाली खाएर हैरानी गरेका थिए । नगरप्रमुख खड्काले छाडा छोडिएका चौपायालाई गौशालामा पठाउनु भएपछि यहाँका नागरिकहरु नगरप्रमुखप्रति निकै खुसी भएका छन् ।


  • सम्बन्धित विषय:

  • # नगरका छाडा चौपाया
  • प्रतिक्रिया दिनुहोस