सधैँ दुख्छ मेरो भिजेको सिरानी
न साेध्नू मलाई दुखेको जवानी
भयो वर्ग बाधा उपल्लो घराना
म हूँ गाउँ सानो उनी राजधानी
थियोे जिन्दगानी 'अमा' झैँ अँध्यारो
उनी राेज्न थालिन् सुनाैलाे बिहानी
कहाँ भेट्छ हीरा सिसा हाे तुरुन्तै
उनी किम्मती हुन् म रछ्छान पानी
फुट्यो प्याट्ट ठेकी मदानी टुट्यो यो
रह्यो 'लोक' प्यासी बित्यो जिन्दगानी !
.gif)