मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते


पश्चिम प्रेस
सोमबार, साउन ९ २०७९
  • 480
    Shares

  • images
    images
    पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते

    अछाम । तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उहाँहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पहिराले घर पुरिँदा
  • प्रतिक्रिया दिनुहोस