सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा रामलीला मञ्चनको तयारी, कोजाग्रत पूर्णीमादेखि प्रदर्शन गरिने


पश्चिम प्रेस
मंगलबार, साउन २४ २०७९
  • 593
    Shares

  • images
    images
    कञ्चनपुरमा रामलीला मञ्चनको तयारी, कोजाग्रत पूर्णीमादेखि प्रदर्शन गरिने

    महेन्द्रनगर । कञ्चनपुरमा रामलीला मञ्चनको तयारी आजदेखि सुरु भएको छ । विजया दशमीदेखि हुने रामलीलाका लागि आजबाट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शिवधाम स्थित राधाकृष्ण मन्दिरको धर्मशालामा रामलीलामा अभिनय गर्ने पात्रहरुलाई प्रशिक्षणको सुरुवातमा कञ्चनपुर उद्योग वाणिज्य संघका अधयक्ष पिताम्बर जोशीले दीप प्रज्वलन तथा भगवान श्रीरामचन्द्रको तस्बिरमा माल्यार्पण गरी उद्घाटन गरेका छन् । आदर्श पुरुषोत्तम भगवान श्रीरामको जीवनलीलामा आधारित कथालाई अभिनय र सङ्गीतका माध्यमबाट प्रस्तुत गरी पूर्वीय वाङ्मयका नीति, आचरण, तथा आदर्श गुणहरुलाई समाजमा स्थापित गराउन तथा पौराणिक ज्ञानको विस्तार गर्न विगत आठ वर्षदेखि  रामलीला समिति कञ्चनपुरले विभिन्न ठाउँमा रामलीला मञ्चन गर्दै  आएको र यस वर्ष पनि त्यसैलाई  निरन्तरता  दिन लागेको समितिका अध्यक्ष समर जङ्ग बहादुर चन्दले बताउनु भयो । यो रामलीलाले केवल पौराणिक ज्ञान मात्र हस्तान्तरण नगरी यस क्षेत्रको भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने र नयाँ पुस्तामा लोकसाहित्य तथा नाट्यका सीप समेत हस्तान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने छ । अवधि, नेपालीका साथै यस क्षेत्रका स्थानीय भाषामा समेत  खेलोस् भन्ने उद्देश्यले डोट्याली भाषालाई महत्वपूर्ण स्थान दिइने रामलीलाका निर्देशक डा. भुपेन्द्र विष्टले बताउनुभयो । त्यसैगरी  धर्म र संस्कृतिले समाजलाई एकसुत्रमा बाध्ने र मानवताको पाठ सिकाइ सामाजिक भावनाको विकास गराउने भएकाले रामलीलाको मञ्चन अत्यन्त महत्वपूर्ण रहेको मानसखण्डका अध्येता आचार्य घनश्याम लेखकले बताउनुभयो । आजबाट सुरु भएको प्रशिक्षण एक महिनासम्म चल्ने र यस अवधिमा कलाकारहरुलाई अभिनय र संवाद तथा गायन सीप सिकाइने समितिका सचिव नरेन्द्रराज जोशीले बताउनुभयो । रामलीलाका निर्देशक डा. भुपेन्द्र विष्ट, प्रशिक्षक तथा सङ्गीतकार नारायण दत्त भट्ट लगायतको टिमले कलाकारहरुलाई एक महिना प्रशिक्षण दिनेछन् भने प्रशिक्षणको तयारी पुरा भएपछि कोजाग्रत पूर्णीमादेखि महेन्द्रनगर स्थित खुलामञ्चमा रामलीला प्रदर्शन गरिने भएको छ ।  


  • सम्बन्धित विषय:

  • # रामलीला
  • प्रतिक्रिया दिनुहोस