मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

मानसखण्डद्वारा पुस पन्ध्र विशेष कार्यक्रम सम्पन्न


पश्चिम प्रेस
बिहीबार , पुस १५ २०७८
  • 739
    Shares

  • images
    images
    मानसखण्डद्वारा पुस पन्ध्र विशेष कार्यक्रम सम्पन्न

    महेन्द्रनगर मानसखण्ड फाउण्डेसनद्वारा आयोजित पुष पन्ध्र विशेष कार्यक्रम पश्चिमप्रेसको सभाकक्ष महेन्द्रनगरमा आज भव्यताका भव्यताका साथ सम्पन्न भएको छ । मानसखण्ड प्रतिष्ठानका अध्यक्ष रमेश पन्त मीतबन्धुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विगत लामो समयदेखि डोटेली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्दै आइरहनु भएका गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष बीर बहादुर चन्द बिस्रामले प्रमुख आतिथ्यता ग्रहण गनुभएको थियो । प्रतिष्ठानका सचिव साहित्यकार हेमबाबु लेखकले कार्यक्रमको सङ्क्षिप्त परिचयका साथै स्वागत मन्तव्य राखेका थिए । मानसखण्डका अध्येता आचार्य घनश्याम लेखकले पुस १५ को वैदिक, सामाजिक तथा साँस्कृतिक महत्वका बारेमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी विगत लामो समयदेखि डोटेली भाषा साहित्य र सँस्कृतिको क्षेत्रमा अध्ययन गर्दै आइरहनुभएका साहित्यकार जगदीश ओझाले डोटेली समुदायमा पुस १५ को महत्वका विषयमा प्रष्ट पार्नुका साथै व्यङ्य कविता प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी सारदा सँस्कृत विद्यापीठका प्राचार्य डा. भोजराज जोशी, वरिष्ट साहित्यकार नारा जोशी, चन्द्रकला पन्तले पनि पुस १५ र साहित्यको महत्व प्रष्ट पार्नुका साथै आआफ्ना रचना वाचन गरेका थिए । कविराज भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा श्रीजन श्री, प्रचण्ड भाष्कर, प्रेम कलौनी, लोकविक्रम मल्ल लगायतका कविहरुले रचनावाचन गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस