बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

देशभरको आगामी तीन दिनको मौसम 


पश्चिम प्रेस
बिहीबार , भदौ २३ २०७९
  • 482
    Shares

  • images
    images
    देशभरको आगामी तीन दिनको मौसम 

    महेन्द्रनगर । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको र अन्य प्रदेशहरुमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

    शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी शनिबार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # जल तथा मौसम पुर्वानुमान महाशाखा
  • प्रतिक्रिया दिनुहोस