बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै


पश्चिम प्रेस
शुक्रबार, भदौ २४ २०७९
  • 643
    Shares

  • images
    images
    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

    गोदावरी, आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् । नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार दुई ८३ पुरूष र आठ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको छ । यीमध्येबाट सात सय नौ खेलाडी सो प्रतियोगितामा भाग लिनका लागि छनोट हुने जनाइएको छ । त्यसमध्ये एक सय ९४ खेलाडी सोझै छनोट हुने भएका छन् ।

    सो प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीबाट आवेदन माग गरिएको थियो । आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक सङ्ख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी चार सय ७२ खेल पदाधिकारी सहभागी हुने जनाइएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट एक हजार चार सय ८१ जनाको टोली गण्डकी प्रस्थान गर्ने बताइएको छ ।

    प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक रु दुई हजारका दरले भत्ताको व्यवस्था गरिएको सदस्यसचिव सिंहले बताउनुभयो । प्रदेश सरकारको बजेटबाट परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक रु दुई हजारका दरले भत्ता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता
  • प्रतिक्रिया दिनुहोस