महेन्द्रनगर । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज सुदुर पश्चिम प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । त्यसैगरी मंगलबार लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसविदहरुले जनाएको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेकोले बाढी पहिरो जान सक्ने भन्दै उच्च सर्तकता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ ।
.gif)