महेन्द्रनगर । शुक्रबार देखि परिरहेको अविरल बर्षाले अछाममा गएको पहिरोमा परि घाइते भएका ३ जना घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका ६ ढुंगाचाल्नाका एकै परिवारका सदस्य रहेका तीन जनालाई उद्धार गरेर थप उपचारको लागि सुर्खेत अस्पतालमा लगिएको जवनाइएको छ । ६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षकी चन्द्रा बुढा, हर्कबहादुरका १२ वर्षका नाति धर्म बुढाको उद्धार गरिएको हो ।
.gif)