मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

प्रदेश छनौट : फुटबलको फाइनलमा कञ्चनपुर र कैलाली भिड्ने


पश्चिम प्रेस
सोमबार, असोज ३ २०७९
  • 663
    Shares

  • images
    images
    प्रदेश छनौट :  फुटबलको फाइनलमा कञ्चनपुर र कैलाली भिड्ने

    विकास महता/महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगिता अन्तर्गत कञ्चनपुर महिला र पुरुष फुटबल टिम फाइनल पुगेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९  अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगितामा कञ्चनपुरको पुरुष र महिला दुबै फुटबल टिम फाइनल पुगेका हुन।
    आइतबार धनगढीको रंगशालामा सञ्चालन भएको खेलमा महिला फुटबल तर्फ सेमिफाइनलमा कञ्चनपुर महिला टिमले डोटी लाई पहिलो हाफमा बराबरी खेलेको थियो। दोस्रो हाफमा कञ्चनपुर महिला टिमले एकाएक २–० गोलको अग्रता कायम राख्दै रोमाञ्चक जित निकालेको हो। जसमा कञ्चनपुर महिला टिमकि जर्सी नम्बर १५ शोभा क्षेत्रीले पहिलो गोल गर्दै अग्रता बनाएकि थिन्। अग्रता लाई दोब्बर बनाउदै  जर्सी नम्बर १० कि प्रिया पालले अर्को गोल थप्न पुगिन।उक्त सेमिफाइनलको जित संगै कञ्चनपुर महिला फुटबल टिमले कैलाली जिल्ला महिला टिम संग सोमबार भोलि असोज ३ गते दिउँसो २ बजे धनगढी रंगशालामा फाइनल प्रतिस्पर्धा गर्ने छ।

    यसैगरी कञ्चनपुर पुरुष फुटबल टिमले लगातार जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ। आफ्नो समुहमा पहिलो खेलमा बाई पाएको कञ्चनपुर जिल्लाले आफ्नो दोस्रो खेल डोटि संग २–१ गोलको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको कञ्चनपुर पुरुष फुटबल टिमले आइतबार बाजुरालाई २–१ गोलले हराउदै  सुदूरपश्चिम प्रदेश स्तरीय छनौटको फाइनल पुगेको छ।

     सेमिफाइनलको रोमाञ्चक खेलमा बाजुराले पहिलो हाफमा १–० गोलको अग्रता कायम राखेको थियो । दोस्रो हाफमा कञ्चनपुरका जर्सी नम्बर १४ का कुशल देउबाले टिमका लागि पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए भने लगातार कञ्चनपुरले बाजुरा माथी दबाब सिर्जना गर्दै जर्सी नम्बर ११ का करन पुरी ले टिम कञ्चनपुर लाई दोस्रो गोल गर्दै २–१ गोलको अन्तरले बाजुरा लाई प्रतियोगितामा अगाडि बढ्नमा पुर्ण बिराम लगाउदै आफ्नो फाइनलको यात्रा तय गरेको छ। उक्त फाइनल खेल पनि कञ्चनपुर र कैलाली टिम बीच भोलि असोज ३ गते सोमबार दिउँसो ४ बजे  धनगढीको रंगशालामा प्रतिस्पर्धा गर्ने छ। 

    गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशका पुरुष तर्फ नवौं जिल्लाको फुटबल टिमको सहभागिता रहेको थियो। भने महिला तर्फ ५ टिमको सहभागिता रहेको कैलाली जिल्ला फुटबल संघले बताएको छ। सुदूरपश्चिम प्रदेशको छनौट फुटबलको जिम्मेवारी सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले कैलाली जिल्ला फुटबल संघलाई दिएको छ।


  • सम्बन्धित विषय:

  • # फुटबल
  • # प्रदेश स्तरीय छनौट
  • प्रतिक्रिया दिनुहोस