महेन्द्रनगर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बाजुरालाई हराउदै कञ्चनपुरको टीम प्रथम भएको छ ।
सोमबार महेन्द्रनगरस्थित कभर्डहलमा भएको फाईनल खेलमा बाजुरालाई पहिलो सेटमा २५–२०,दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–१७ ले पराजित गर्दै कञ्चनपुरको टीम पहिलो बनेको भलिबलका प्रशिक्षक जगदीश भट्टले बताउनुभयो । छनौट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नौ टीमको सहभागिता रहेको थियो ।
प्रदेशका नौ वटै टीमबाट उत्कृष्ट खेलाडी छनौट गरेर राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टीम बन्ने छ । प्रदेश स्तरीय छनौट प्रतियोगिताको पुरुष भलिबल खेलका छनौट भोलीदेखी कैलालीमा हुदैछन ।
.gif)