बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

जिल्ला लिग फुटबल प्रतियोगितामा दिपज्योतीको विजय सुरुवात


पश्चिम प्रेस
बिहीबार , पुस २२ २०७८
  • 840
    Shares

  • images
    images
    जिल्ला लिग फुटबल प्रतियोगितामा दिपज्योतीको विजय सुरुवात

    महेन्द्रनगर  । कञ्चनपुरको खुलामञ्चमा आज सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिताको पहिलो खेलमा दिपज्योति क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर भएको जिल्ला लिग फुटबल प्रतियोगिता–२०७८ मा पहिलो खेल दिपज्योति क्लब र द ग्यालेक्सी युथ क्लब बिच भएको थियो । खेलको पहिलो हाफमा २ गोलको अग्रता दिपज्योतिले दोस्रो हाफमा पुनः १ गोल गर्दै द ग्यालेक्सी युथ क्लब लाई ०–३ गोलको अन्तरले पराजित गरेको हो । उद्धघाटन खेलमा दिपज्योति क्लबका क्याप्टेन करन पाल म्यान अफ दि म्याच घोषित हुँदै नगद रु ११ शय पुरस्कार हात पारेको छ । शुक्रबार हुने दोस्रो दिनको पहिलो खेल कञ्चन समाज र रोयल गिर्खाज युथ सर्कल बीच बिहान १० बजे, दोस्रो खेल निङ्गलाशैनी समाज र त्रिपुरा समाज बीच दिउँसो १ बजे र तेस्रो खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बीच दिउँसो ३ बजे हुनेछ ।


    प्रतिक्रिया दिनुहोस