बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

धनगढीमा सुपथ मूल्य का पसल संचालनमा 


पश्चिम प्रेस
बिहीबार , असोज ६ २०७९
  • 630
    Shares

  • images
    images
    धनगढीमा सुपथ मूल्य का पसल संचालनमा 

    महेन्द्रनगर । दसैँ, तिहार, तथा छठपर्वलाई लक्षित गरेर धनगढीमा सुपथ मूल्य का पसलहरु संचालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय धनगढीले धनगढीको मोहनपुरस्थित आफ्नो गोदाम र धनगढी कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

    उक्त पसल बाट उपभोक्तचाहरु  लाई कम मुल्यमा चालम उपलब्ध गराउने व्यवस्था गरिएको बताइएको छ । प्रतिक्वीन्टल चार हजार छ सय पर्ने मोटो चामल खाद्यको पसलबाट तीन हजार नौ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी प्रतिक्वीन्टल छ हजार सात सय पर्ने मसिनो चामल छ हजारमा बिक्री भईरहेको छ , भने प्रतिक्वीन्टल ११ हजार पर्ने बास्मती चामल १० हजार तीन सय रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । 

     


  • सम्बन्धित विषय:

  • # धनगढी
  • प्रतिक्रिया दिनुहोस