महेन्द्रनगर । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज र भोली सुदुरपश्चिममा भारी बर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर, डडेल्धुराका धेरै स्थानहरुमा भारी बर्षा भएको र थप अझै भारी बर्षाको सम्भावना रहेकोले कान्द्रा, मोहना, खुटिया ,सुहेली लगायतका नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएको सर्तकता अपनाउन समेत मौसम पुर्वानुमानले आग्रह समेत गरेको छ ।
साथै तराईका जिल्लाहरमा डुबानको समस्या समेत हुन सक्ने भएकोले सर्तकता अपनाउन आग्रह गरिएको हो । पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने सम्भावना समेत उच्च रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
.gif)