बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम


पश्चिम प्रेस
आइतबार, असोज १६ २०७९
  • 536
    Shares

  • images
    images
    दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

    महेन्द्रनगर । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । सामान्यत शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो । 
    सुदूरपश्चिमका केहि शक्ति पीठहरुमा अष्टमीको दिन बली दिने चलन भएकाले फुलपातीको दिनदेखि नै बलीको लागि मन्दिरमा जात्रा लग्ने चलन छ । महेन्द्रनगरको निङ्लाशैली मन्दिरमा अष्टमीको बलीको लागि आईतबार बलीका लागि रागाँ र खसीबोका लगिदै छ । 


  • सम्बन्धित विषय:

  • # शक्तिपीठमा भक्तजन
  • प्रतिक्रिया दिनुहोस