महेन्द्रनगर । दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
धेरै मानिसहरु काठमाडौंबाट बाहिर जाने बेलामा केही भने दसैंका लागि काठमाडौं पनि आउने गर्छन्। उनीहरुका लागि दसैंको समयमा टिकट सस्तो मात्रै नभएर सजिलैसँग पाइन्छ। धनगढीबाट काठमाडौं टिकटको मूल्य ६५ सय मात्रै छ। यो टिकट मूल्य अरु साधारण अवस्थामा भन्दा पनि सस्तो हो। तर, काठमाडौंबाट धनगढी जाने हो भने अहिले टिकटको मूल्य १२ हजार देखि १७ हजारसम्म रहेको छ।
अष्टमी र नवमीका लागि पनि धनगढीबाट काठमाडौं आउने टिकटको मूल्य ६ हजारदेखि ६५ सयसम्म छ। तर, काठमाडौंबाट धनगढी जाने प्लेनको टिकटको मूल्य भने यसको दोब्बर छ। अष्टमी र नवमीका दिन काठमाडौंबाट धनगढी जानका लागि टिकटको मुल्य ११ हजारदेखि १७ हजारसम्म रहेको छ।
.gif)