महेन्द्रनगर । कञ्चनपुरका सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्यद्वय टेकेन्द्र प्रशाद भट्ट र बेल बहादुर रानाले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेका हुन ।
घोषणा पत्रमा कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार गर्दै दक्षिणमा भारत र उत्तरमा चीनसंग जोड्ने, बन्द रहेको मझगाँउ विमानस्थलको स्तरोन्नती कार्य अघि बढाएर समयमै हवाई सेवा संचालन गराउने प्रतिबद्धता गरिएको छ । त्यसैगरी महाकाली करिडोर निर्माण दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण गर्ने प्रतिवद्धता गरिएको छ ।
महाकाली नदीमा निर्माण भएको ४ लेन पुललाई भारतीय शहरसंग जोडी नेपाल भारतको यातायात र ब्यापारिक क्षेत्र बिस्तार गर्ने प्रतिवद्धता गरिएको छ ।
त्यसैगरी सुदूरपश्चिम विश्वबिद्यालय अन्तर्गत चिकित्सा स्वाथ्य संकाय थप गरिने तथा आयुर्वेद तथा जडिबुटी अध्ययन केन्द्र स्थापना गरिने र दोधारा चाँदनीमा बहुप्राविधिक शिक्षालय स्थापना गरि सञ्चालन गरिने छ घोषणपत्रमा उल्लेख छ ।
त्यसैगरी महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नती तथा सर्पदंश उपचार केन्द्र स्थापना ,दोधारा चाँदनी स्वास्थ्य केन्द्रको स्तरोन्नती तथा सर्पदंश उपचार केन्द्र स्थापना गरिने र प्राथमिक स्वास्थ्य केन्द्रहरु, शहरी स्वास्थ्य केन्द्रहरु तथा स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरिने भनिएको छ ।
त्यसैगरी हरेक नागरीकलाई ५ वर्ष भित्र शुद्ध खानेपानी उपलब्ध गराउन ओभरहेड टेंक निर्माण गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ । मल बिउबिजन समयमै उपलब्ध गराईने , ब्याबसायिक कृषि बिकासका लागि नेपाली काँग्रेसका पालादेखी घि बाढाइएका आधुनिक कृषि योजनाहरुलाई निरन्तरता दिइ युवाहरुलाई आकर्षित गर्ने, किसान बर्गीकरण ९साना, मझौला र ठुला, कृषक परिचयपत्र, कृषक पेन्सन कार्यक्रम लागु गरिने उल्लेख छ ।
त्यसैगरी महाकाली सिंचाई आयोजना तेश्रो चरण अन्र्तगत भिनपा १०, ९, ८, ७, ६, ३, १, बेदकोट ८, ७, ६, ४ र दोधारा चाँदनीलाई राष्ट्रिय गौरबको योजनाको रुपमा प्राथमिकता दिई समयमा सम्पन्न गरिने र एकिकृत कृषि परियोजना सञ्चालन गरिने घोषणपत्रमा छ ।
धार्मिक तथा पर्यटकीय महत्वका ऐतिहासिक स्थलहरुलाई आकर्षक पर्यटन गन्तब्य स्थलको रुपमा बिकास गरी ब्यापक प्रचार प्रसार गर्नुका साथै भम्केनी धामलाई घार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी नजिकका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, प्राचीन सिद्धबाबा मन्दिर, झिलमिला ताल, बिष्णुधाम, काली ताल, रौटेला मन्दिर सम्म आवागमनका लागि पदमार्ग, मोटरमार्ग र पुर्वाधारको निर्माण गर्ने तथा महाकाली नदी चारलेन पुल नजिक रहेको हरिहर स्नान घाटलाई स्तरोन्नति गरी देशकै धार्मिक स्थलको रुपमा बिकास गरी आन्तरिक तथा बाहृय पर्यटकहरुलाई आकर्षण गर्ने योजना छ ।
.gif)