आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

एमाले सुदूरपश्चिमको प्रतिवद्धता ; युवाहरूलाई पढ्दै कमाउन सक्ने शिक्षा प्रदान गर्ने


पश्चिम प्रेस
बिहीबार , कात्तिक २४ २०७९
  • 788
    Shares

  • images
    images
    एमाले सुदूरपश्चिमको प्रतिवद्धता ;  युवाहरूलाई पढ्दै कमाउन सक्ने शिक्षा प्रदान गर्ने

    महेन्द्रनगर । नेकपा एमाले सुदुरपशिचम प्रदेश कमिटीले २७ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । उब्त प्रतिबद्धता पत्रमा नेकपा एमालेले आगामि मंसिर ४ गतेहुने चुनावमा एमालेले बहुमत ल्याए ५ बर्षमा प्रदेश सरकारले गर्ने कामको विवरण २७ बुँदामा समेटेर सार्वजनिक गरिएको छ ।

    एमाले प्रदेश सचिव धर्मराज पाठकले सार्वजनिक गरेको उक्त घोषणा पत्रमा भागबण्डामा नभएर प्राथमिकताको आधारमा योजना छनोट गर्ने, राजश्व संकलनबाट प्राप्त हुने रोयल्टीको समुचित वितरण गर्ने, नागरिक हितको सुरक्षा गर्ने, आगामी तीन वर्षमा पूर्ण साक्षर प्रदेश बनाउने,हरेक नागरिकलाई आधारभूत आवश्यकता पूरा गर्न कुनै कठिनाइ नहुने वातावरण सिर्जना गर्ने,युवाहरूलाई पढ्दै कमाउन सक्ने शिक्षा प्रदान गर्ने लगायतका योजनाहरु समेटीएका छन । साथै एमालेले सुन्दर सुदुरपश्चि समृद्ध सुदुरपश्चिम बनाउनको लागी ५ बर्ष भित्रै प्रदेशको समग्र बिकास गर्ने अठोट समेत गरेको छ ।  

     


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस