हिन्दु धर्मावलम्वीहरुमा आज मकर सङ्क्रान्ति धुमधामका साथ मनाइदैछ । आजको दिन सूर्य मकररासीमा प्रवेश गर्ने तथा उत्तराण पनि आजैबाट सुरु हुने भएकाले हिन्दुधर्ममा यस दिनलाई विशेष महत्वका साथ लिइन्छ । हिन्दु समुदायमा आजको बिहानै नदीहरुमा स्नान गरी विभिन्न तीर्थस्थलमा गएर पूजा अर्चना तथा अभिशेष गर्ने प्रचलन रहेको छ । त्यसै गरी बिहान स्नान गरी कागलाई रोटी दिने प्रचलन पनि रहेको छ । यस पर्वलाई थारु समुदायले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउने गर्दछन् । आजको दिनमा चामलको रोटी, तरुल तथा विभिन्न पकवानहरु पकाएर सबैजना एकै ठाउँमा बसेर रमाइलो गरिन्छ । आजको दिन सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरुमा पूजा अर्चनाका साथै तीर्थस्थलहरुमा मेला समेत लाग्ने गर्दछ ।
.gif)