सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता


पश्चिम प्रेस
सोमबार, मंसिर ५ २०७९
  • 570
    Shares

  • images
    images
    ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता

    काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गर्नुभएको छ ।

    यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिनुभयो ।

    सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस